काठमाडौंः नेपालीहरुको महान पर्व दशैंको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत ‘दशैं आयो मेरो बाबा’ मा सार्वजनिक भएको छ ।

गीतमा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ वर्षीया रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन ।

दशैको खुसियालीमा बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले

गायक तथा कम्पोजर राजन कार्कीको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाई भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निवासी बरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।


। नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन ।

यति सानो उमेरमा यस्तो विलक्षण प्रतिभाकी धनि बालगायिकाको चौतर्फी प्रसंसा हुन थालेको छ ।

भिडियो हेर्नुहोसः


प्रकाशित मितिः सोमबार, असोज १३, ११:५८