गुल्मीः मुसिकोट नगरपालिका–७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई बिहीबार बेलुका पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–८ अर्छुङ बस्ने ४५ वर्षीय राम बहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपाली रहेको प्रहरीले जनाएको छ ।

गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २८ शुक्रबार, २०:०३