तमघासः जबरजस्ती करणी गरेर फरार भएको आरोप लगेका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इश्मा गाउँपालिका-२ स्थित ढाडा घर भएका ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत सोमबार करिब ५ बजे ११ वर्षे बालिका पानी लगाउन गएको समयमा कार्कीले आफ्नो घरमा लिएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो सोही उजुरीको आधारमा उक्त युवकलाई पक्राउ गरिएको छ ।

घटनाका बारेमा परिवारले बुधवार मात्रै स्थानीय प्रहरी चौकी हस्तिचौरमा खबर गरेका थिए । उजुरी पश्चात प्रहरीले खोजी गर्दै जादाँ उनलाई तम्घासको धागीथुमबाट पक्राउ गरिएको हो ।


जबरजस्ती करणी भएको भनिएकी बालिकाको अबस्था सामान्य रहेको र कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।