गुल्मीः गुल्मीमा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने जीपमा सवार ३ जना घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार इश्मा गाउँपालिका–४ का ६५ वर्षीय डम्मर बहादुर हितान, ३३ वर्षीय शिवबहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका–५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् ।


। चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । जीपमा चालकसहित ९ जना थिए । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, ११:०३