गुल्मीः रेसुङ्गा नगरपालिका–१४ ठुलापँधेरामा बुधबार साँझ जीप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीपमा आएका रेसुङ्गा नगरपालिका–१४ कै ४७ वर्षीय एकराज पोखरेल, सोही ठाउँकी २८ वर्षीया शान्ती नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् ।

तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप पल्टिँदा पोखरेलको घटनास्थल मै र नेपाली द्वयको भने उपचारको क्रममा जिल्ला अस्पतलामा मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

चार जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । चार जनालाई भने उपचारको लागि पाल्पा रिफर गरिएको छ ।

जीप अनियन्त्रित भई सडकबाट करिब छ सय मीटर तल खसेको थियो ।



प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, ०९:०६