तमघासः गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एअरको ट्विनेटर विमानले परीक्षण उडान भरेको छ ।

बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी अवतरण गरेको हो ।

प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा पुगेका थिए ।

बिहीवार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानिय सहित तम्घास र आसपासका मानिसहरुको बिमान हेर्न भिड लागेको थियो ।


विमान अवतरणको खुशीयालीमा धावन मार्गमा जम्मा भएका जनता