गुल्मीः रेसुङ्गा नगरपालिका–१२ भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका–२ बस्ने ४१ वर्षीय पुर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ बस्ने ४२ वर्षीय मिनबहादुर आले रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १७:३०