गुल्मीः धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सडक विस्तार गर्ने क्रममा खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया श्यामकुमारी मुखिया रहेकी छिन् ।
लु १ क १३०३ नम्बरको जेसीबीले सडक विस्तार गर्ने क्रममा खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो घाँस काटी रहेको बेला माथिबाट खसेको ढुंगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
जेसीबीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १७:०१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook