कैलालीः बर्दगोरिया गाउँपालिका–४ छतिवन सामुदायिक वन नजिकबाट १ सय ७१ ग्राम ९ सय ६० मिलीग्राम तौल बराबरको गैँडाको खागसहित एक जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–५ बस्ने ५८ वर्षीय नयन बहादुर कठरिया रहेका छन् ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले ना ३ स ५७१८ नम्बरको अटो जाँच गर्ने क्रममा अटो पछाडी सिटमा सुन्तला राखेको झोलाभित्र लुकाएको उक्त खाग सहित अटोका चालक नयन बहादुरलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुख्खड पठाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १९:१३