काठमाडौंः काठमाडौं महानगरपालिका–१५ स्वयम्भू किमडोलबाट गैंडाको खाग जस्तो देखिने वस्तु सहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगगरपालिका–२३ झोंछे ठेगाना भएका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका–६ ठेगाना भएका २६ वर्षीय रामसिंह तामाङ र सोही ठाउँ बस्ने २२ वर्षीय मुना तामाङ रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
संरक्षित वन्यजन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले गैंडाको खाग भनि बिक्री गर्नका लागि कोठामा राखिरहेको अवस्थामा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
।
बरामद वस्तु सहित उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उनले बताए ।
प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, २०:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook