काठमाडौंः संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी इनरुवा नगरपालिका–७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैंडाको खाग सहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १९:३७