काठमाडौँः नेपालले उपहारस्वरूप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दै छ ।

विमानमा भेटेरिनरी चिकित्सकरकेयर टेकरसहितको टोली पनि आउनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार नेपालले दिएको जोडी उपहार गैंडा बोकेर सोही दिन चार्टर जहाज चीन उड्नेछ ।

सँगै नेपाली भेटेरिनरी चिकित्सकसहितका विशेषज्ञ पनि जानेछन् ।

मन्त्रालय र विभागले गतसाता उपहार दिने गैंडाको नाम जुराएका हुन् । गैंडा हस्तान्तरण गर्न विशेष कार्यक्रमको तयारी भइरहेको महानिर्देशक खडकाले बताए ।


उपहार दिइने गैंडालाई चितवनको सौराहादेखि विमानस्थलसम्म ट्रकमा हालेर ल्याइनेछ । कान्तिपुर दैनिकमा खबर छ ।