नवलपरासीः पूर्व पश्चिम राजमार्ग अन्र्तरगत नवलपरासीको गैंडाकोटमा भएको सवारी दुर्घटनामा परि १५ जना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ५९२७ को ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको अवस्था गम्भिर रहेको र उपचारको लागि चितवनको भरतपुरमा पठाइएको छ ।