भक्तपुरः गैरसरकारी संस्था महासंघ (गैसस) जिल्ला शाखा भक्तपुरको सातौ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भक्तपुरमा बिहीबार सम्पन्न सातौ अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट पराजित गर्दै न्यौपाने अध्यक्षमा निर्वाचित भएको हुन् ।

निर्वाचन समितिका संयोजक एवं गैसस महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवालका अनुसार शाखाको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा पहलमान श्रेष्ठ र उपसचिवमा विजयप्रसाद धौभडेल निर्वाचित भएका छन् ।


। त्यस्तै सदस्यहरुमा दिपेश बिसुङ्खे, शुिसला चौलागाई, जयराम पक्का नेवार, हरिशरण वास्तोला र मनिषा लामिछाने निर्वाचित भएका छन् ।

निर्वाचित टोलीले बिहीबार नै सपथ ग्रहण, प्रमाणपत्र प्रदान एवं पदभार ग्रहण गरेको सुवालले बताए ।


प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, ०८:२५