गोरखाः बारपाक सुलीकोट गाउँपालिका–५ दुकुर्नेमा आइतबार बेलुकी टिपरबाट ओर्लने क्रममा सोही टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय लाल बहादुर बराम रहेका छन् ।
खहरेबाट बाघकोटतर्फ आउँदै गरेको ग १ ख ७५ ८८ नम्बरको टिपरबाट ओर्लने क्रममा बरामलाई सोही टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो ।
टिपर चालकलाई इलाका प्रहरी कार्यालय ताकुकोटले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, ११:१४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook