गोरखाः गोरखा नगरपालिका–८ ढुकुरेखोलामा आज बिहान ट्याक्सीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया निरमाया थापा रहेकी छन् ।
ग १ ज ७४ ४७ नम्बरको ट्याक्सीले पैदल हिडिरहेकी थापालाई ठक्कर दिँदा घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १४:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook