गोरखाः गोरखामा निर्माणाधीन पुल भत्किदा तीन जना कामदार घाइते भएका छन् । ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल भत्किदा उनीहरु घाइते भएका हुन् ।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति ढलेको हो ।

घाइते दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो पुल निर्माणको ठेक्का गौरी–पार्वती निर्माण सेवाले पाएको थियो ।

तस्वीर: किशोरजंग थापा


प्रकाशित मितिः बुधबार, फागुन २१, १५:०५