गोरखाः पूर्वयुवराज पारस शाह गोरखा पुगेका छन् ।

नेपालमा गणतन्त्र स्थापना भएपछि पहिलो पटक गोरखा पुगेका पारसले त्यहाँ रहेका गोरखा दरबार र गोरखनाथ मन्दिरमा पूजा अर्चना गरेका हुन् ।

पूजा अर्चना पछि गोरखा दरबार र संग्राहलयको अवलोकन गरेका पारसले शाह बंशीय राजाहरुको इतिहास र पुराना हातहतियारको बारेमा जानकारी समेत लिएका छन् ।

उनलाई गोरखामा राप्रपाका अध्यक्ष कमल थापा, पशुपतिशमशेर जवरा तथा राजावादीहरुले बाजागाजासहित स्वागत गरेका थिए ।