डोटीः गोरु काटेको अभियोगमा डोटीमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आदर्श गाउँपालिका–१ बस्ने ३५ वर्षीय अशोक दमाई, ३० वर्षीय बिनोद दमाई र प्रेम दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने रमेश बहादुर दमाईको घरमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १५:५२