काठमाडौंः गोलाप्रथाका कारण संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा नेपाली कांग्रेसलाई घाटा लाग्ने भएको छ ।

अहिले नेपाली कांग्रेसको राष्ट्रिय सभा प्रतिनिधित्व १३ रहेको छ । २ वर्षपछि ६ जनामा झर्नेछ भने ४ वर्षपछि ४ जनाको मात्र प्रतिनिधित्व हुनेछ ।

१३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ, २ जनालाई ४ वर्ष र ४ जनालाई ६ वर्षको चिठ्ठा परेको छ ।

सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट पदावधि टुङ्गो लगाइएको थियो ।