धनगढीः धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ ।

एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गरेका धनगढी– २ का ३६ वर्षीय निर्मल कार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । कार्कीको एउटा हातमा गोली लागेको छ ।

उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पुयाइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी जनाएको छ । लुटिएका कार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ ।