धनगढीः धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर पैसा लुटेर भागेका दुई ब्यक्तिलाई पक्राउ गरिएको छ ।

आइतबार बिहान दश बजेको समयमा ग्लोबल बैंकमा रहेको आईएमई सेन्टरका कर्मचारी निर्मल कार्की माथी गोली प्रहार गरेरे नौ लाख रुपैयाँ लुटेर भागेको दुई ब्यक्तिलाई प्रहरीले गेटाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नौ लाख रुपैयाँ र लु ४ प ४४३८ नम्बरको मोटरसाइकल समेत बरामत भएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ ।

कार्कीको छाती र कुइनामाथिको पाखुरामा गोली लागेको छ। उनको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ।


। घाइते कार्कीले पैसा राखेको ब्यागलाई खोसेर लैजान नदिँदा तानातान भएपछि लुटेराले गोली हानेको लुटको बताएका छन्।