गौतम बुद्ध अन्तराष्ट्रिय मुटु अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन





काठमाडौ: गौतम बुद्ध अन्तराष्ट्रिय मुटु अस्पताल, कोटेश्वरद्वारा आज ललितपुर जिल्ला पाटन स्थित बालकुमारीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । उक्त शिविरमा मुटुरोग विशेषग्य डा. विकास सुबेदी, डा आनन्द जि.सी र फिजिसियन तर्फ डा. प्रमेश कुमार यादव र डा. प्रकाश कुमार सोनीको उपस्थती रहेको थियो ।

शनिबार बिहान ८ बजे देखि १ बजे सम्म संचालन गरिएको उक्त शिविरमा प्रेसर, सुगर, बोसोपना लगायत मुटुको चेकजाँच गरिएको अस्पतालले जनाएको छ । २०० भन्दा बढी बिरामीको चेकजांचको क्रममा लगभग ५० भन्दा बढी बिरामीको इको पनि गरिएको अस्पतालले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा बिरामीलाई अस्पतालले नि: शुल्क औषधि वितरण समेत गरेको थियो ।


। चेकजाँचमा एक बालकलाई  जन्मजात मुटु रोग भएको पनि पत्ता लागेको थियो।

गौतम बुद्ध अन्तराष्ट्रिय मुटु अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आइरहेको छ ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०७५




तपाईको प्रतिकृया दिनुहोस्


ताजा समाचार