काठमाडौंः नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ आज सम्मानित भएका छन् ।

नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा आजदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ काँस्य जितेकी थिइन् । मन्डेले दोहोरो स्वर्ण जितेका थिए ।

उनीहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक डोजोका अध्यक्ष सन्तोष श्रेष्ठले सम्मान पत्रसहित सम्मान गरेका थिए ।

प्रतियोगितामा नेपाल र भारतका करिब ३ सय खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।


। दुईदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २८ गते शुक्रबार, २०:०२