सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका–९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटरस् ग्यारेजमा आगलागी हुँदा ३ वटा कार जलेर नष्ट भएको छ ।

हिजो बेलुका रबिन्द्र खड्काले सञ्चालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुँदा ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो साल्कँदा ३ वटै कार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १९, १२:१७