काठमाडौं: काठमाडौंको धापासी स्थित रहेको ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा सिम्रिक एअरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको छ। शनिबार दिउँसो भरतपुरको बिरामी लिन जान  डाक्टर र नर्स लिन आएको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणको क्रममा  दुर्घटनामा परेको हो।

सिम्रिक एयरको हेलिकप्टर शनिबार दिउँसो २ बजेर ३२ मिनेट जाँदा दुर्घटनामा परेको ग्राण्डी अस्पतालले जनाएको छ ।  हेलिकप्टर अवतरण गरे प्रश्चात हेलिकप्टर पुनः घुमेर हेलिप्याडको दक्षिण तर्फ खसेको हो । उक्त दुर्घटनामा कुनै पनि मानवीय क्षेति भएको छैन ।


। दुर्घटनाले हेलिकप्टर तथा हस्पिटलमा सामान्य क्षेति पुगेको हस्पिटलको प्रसाशनले जनाएको छ ।

ठूलो क्षेति हुनबाट यसरी जोगाइयो (आडियो सुन्नुहोस)

  • पाइलटले समयमै हेलिकप्टरको इन्जिन बन्द गर्न सफल
  • हेलिकप्टर बाट चुहिएको तेललाई पातलो बनाएर बगाइयो
  • हस्पिटलको सम्पूर्ण कक्षको बिजुली तुरुन्तै बन्द गरियो