काठमाडौंः इटालीले ग्रिकलाई युरो कप २०२० का लागि भएको छनोट खेलमा पराजित गरेको छ ।

रोमामा भएको खेलमा ग्रिकलाई २–० ले पराजित गर्दै इटालीले अर्को वर्ष हुने युरो कपमा छनोट भएको छ ।

इटालीका लागि जोर्गिन्हो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।

खेलको ६३ औं मिनेटमा जेगिन्होले पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा बर्नार्डेस्कीले गोल गर्दै इटालीको सहज जित दिलाए ।

जितसँगै इटालीले समुह जे को खेलमा २१ अंक बटुलेको छ । उसले दोस्रो स्थानको अल्मेनियासँग ११ अंकको अग्रता लिएको छ । पराजित ग्रिकको छनोट हुने गणितिय सम्भावना बाँकी छ ।



प्रकाशित मितिः आइतबार, असोज २६, ०७:०१