काठमाडौंः ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा बिनय अधिकारी चयन भएका छन । शनिबार ‘भर्चुअल’ माध्यमबाट भएको दोस्रो महाधिवेशनले बेलायत निबासी अधिकारी निर्बिरोध निर्वाचित भएका हुन ।

अधिवेशनबाट उपाध्यक्षहरुमा गोकर्ण प्रसाद ढकाल (हंगकंग), यदु लामिछाने (कोरिया), श्रीकृष्ण भट्टराई (कतार), जानुका रेग्मी (स्पेन), नारायण भट्ट (अमेरिका), बिनोद पोखरेल (जापान), महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया), सचिवमा प्रकाश बन्जारा (युएई), कोषाध्यक्ष—सह–कोषाध्यक्षमा आकाश बन्जारा (हंगकंग) चयन भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यहरुमा क्रमशः दिल बहादुर गुरुङ (हंगकंग), शंकर लामिछाने (युएई), कृष्ण प्रसाद बगाले (साउदी अरब), बासु अर्याल (जर्मनी), रामजी खत्री (कतार), विष्णु प्रसाद पन्त (बेलायत), डा. सृष्टि पोखरेल (क्यानडा), पृत्तम गुरुङ (स्वीटजरल्याण्ड), कुल बहादुर वस्ती (पोल्याण्ड), विनीता अर्याल न्यौपाने (फिनल्याण्ड), मनोहर रेग्मी (डेनमार्क), तुलसी अम्माई (नेदरल्याण्ड), प्रकाश भट्टराई (स्पेन), निर्मला अधिकारी बर्जगाई (बेल्जियम), ज्ञानेन्द्र न्यौपाने (कतार), कमला काप्री (जापान), सञ्जिव पन्त (अमेरिका), विक्रम घिमिरे (अमेरिका), खगेश्वर अधिकारी (इजरायल), राम घले (बेल्जियम), हरि थापा (पोर्चुगल) र सुरेन्द्र काप्री (फ्रान्स) चयन भएका छन् ।


विश्वभरिका विश्वभरिका २२ राष्ट्रमा छरिएर रहेका गोरखालीलाई एकिकृत गरेर सो संगठन गठन भएको हो । संस्थाका अध्यक्ष जयप्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव बिनोद पोखरेलले संचालन गरेका थिए ।

निर्वाचन मण्डलमा संयोजक लोकनाथ अधिकारी, सदस्य बिकल चन्द्र आचार्य र छबिलाल बगालेले निर्वाचन सम्पन्न गरेका थिए । उनीहरुलाई युरोप पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्गांईले सहयोग गरेका थिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १३:१३