काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

शुक्रबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ५ सय रुपैयाँले घटेर ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १६ गते आइतबार, ११:३३