काठमाडौंः नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बुधबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले एक सूचना जारी गर्दै भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, २१:५४