काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

बुधबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार १ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १६ गते बिहीबार, ११:३३