काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ५ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १० गते मंगलबार, १२:१३