काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन ८ सय र चाँदी ४० रुपैयाँले घटेको हो ।

आइतबार ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ८ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २७ गते सोमबार, १५:४५