काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
सोमबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ५ सयले घटेर ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत १७ गते मंगलबार, ११:००
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook