काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ४ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ४ सयले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १७:४६