काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।
ओलीले पार्टीका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् ।
पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष ओलीले निलम्बन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
ओलीले यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए ।
प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, १८:०४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook