सुनसरीः घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ बस्ने २० वर्षीय प्रदिप चौधरी, इटहरी उप–महानगरपालिका–१३ का २० वर्षीय संजय सरदार, १९ व्र्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् ।

गत असोज २९ गते राती सुनसरीको इटहरी उप–महानगरपालिका–१२ खनार बस्ने पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा ९ च ३४०३ नम्बरको कार असोज ३० गते मोरङको मंगलवारेमा बेवारीसे अवस्थामा फेला परेको थियो ।

कार फेला परे सँगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेका मध्ये प्रदिप चौधरीलाई कार्तिक २३ गते राती पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य सामानहरु मोवाइल, बिभिन्न बैकका एटीएम कार्डहरु सहित इटहरी–१२ बाट पक्राउ गरिएको थियो ।


प्रदिपलाई पक्राउ गरिएसँगै उक्त घटनामा संग्लग्न रहेका अन्य ३ जनालाई समेत पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, १३:१०