काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमा बर्नलीसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा आर्सनल बर्नलीसँग १–० ले पराजित भएको हो ।

घरेलु मैदानमा पिएरे एम्रिक औबामियाङले आत्मघाती गोल गरेपछि आर्सनल पराजित भएको हो ।

उनले खेलको ७३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेलको ५८ औं मिनेटमा ग्रानीट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि बर्नलीले ११ खेलमा ९ अंक जोडेको छ । बर्नली १७ औं स्थानमा रहेको छ ।

आर्सनल १३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २९ गते सोमबार, ११:१७