काठमाडौंः घरेलु टोली पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

बुधबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज २–० ले जितेको हो ।

यसअघि दुईबीचको पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेल पाकिस्तानले ७६ रनले जितेको थियो ।

तेस्रो खेलमा श्रीलंकाले दिएको २९८ रनको लक्ष्य पाकिस्तानले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानका फखर जमानले ७६, अबिद अलीले ७४, हरिस सोहिलले ५६, बाबर आजमले ३१, कप्तान शरफराज अहमदले २३, र इफ्खितर अहमदले २८ रन बनाए ।

श्रीलंकाका नुवान प्रदीपले २ तथा लाहिरु कुमारा, वानिन्दु हरंरगा, शेहान जयसूर्याले समान १ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले १३३, डसुन सनकाले ४३, मिनोद भनुका र कप्तान लाहिरु थिरिमानेले समान ३६, एन्जिलो परेराले १३, अभिष्का फ्रर्नान्डोले ४, शेहान जयसूर्याले ३ रन बनाए ।

पाकिस्तानका मोहमद आमिरले ३ तथा उस्मान शिनवारी, सादब खान, वहाब रियाज र मोहम्मद नवाजले समान १ विकेट लिए ।

अब दुई टोलीबीच तीन खेलको टी–ट्वान्टी सिरिज हुनेछ । पहिलो टी–ट्वान्टी शनिबार हुने छ ।


प्रकाशित मितिः बिहीबार, असोज १६, ०९:४५