काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमै बर्नमाउथसँग १–० ले पराजित भएको हो ।

बर्नेमाउथका लागि डान गोस्लिङले निर्णायक गोल गरे ।

खेलको ८४ औं मिनेटमा गोस्लिङले गोल गरेका थिए ।

हारसँगै चेल्सी १७ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा यथावत छ । बर्नमाउथ १९ अंक जोडेर १४ औं स्थानमा छ ।

अर्को खेलमा लिगको दोस्रो स्थानको लेष्टर सिटीले नर्विचसँग १–१ गोलको बराबरी खेलेको छ ।

यस्तै सेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई २–० ले पराजित गर्दा बर्नलीले न्युकासललाई १–० ले हराएको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०९:०१