काठमाडौंः स्पेनिस क्लब रियल मड्रिड घरेलु मैदानमै पराजित भएको छ ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग घरेलु मैदानमै पराजित भएको हो ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल डोनेस्कसँग ३–२ ले पराजित भएको छ ।

खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा रियलका रफायल भरानेले आत्मघाती गोल गर्दा शाख्तर २–० ले पछि बढ्यो । ४२ औं मिनेटमा शाख्तरका मानोर सोलोमोनले गोल गर्दा रियल पहिलो हाफमा ३–० ले पछि परेको थियो । ५४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३–१ को स्थितिमा ल्याए ।


। त्यसपछि ५९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रियल ३–२ ले पराजित भयो ।

जितसँगै समूह बी को शाख्तरले महत्वपूर्ण ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । रियलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १०:३४