काठमाडौंः जर्मन बुन्डेस लिगामा साल्के घरेलु मैदानमै अक्सबर्गसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा साल्के घरेलु मैदानमा अक्सबर्गसँग ३–० ले पराजित भएको हो ।

अक्सबर्गका लागि एडुवार्ड लोविन, सरेनरेन बाजी र सर्जियो कोर्डोभाले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा एडुवार्डले गोल गर्दै अक्सबर्गलाई अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा बाजीले गोल गर्दै अक्सबर्गलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा सर्जियोले गोल गरेपछि अक्सबर्ग ३–० ले विजयी भयो ।

जितसँगै अक्सबर्ग ३० अंक जोडेर लिगको १२ औं स्थानमा उक्लिएको छ । ३७ अंक जोडेको साल्के आठौं स्थानमा रहेको छ ।



प्रकाशित मितिः सोमबार, जेठ १२, ०८:५०