कैलालीः जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विक रहेका छन् ।
घर लिपपोतका लागि माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
यसैगरी, घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २४ गते शनिबार, १६:००
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook