पाँचथरः पाँचथरमा आफ्नै बारीमा घाँस काटने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर तुम्वेवा गाँउपालिका–५ निगाले बस्ने ७५ वर्षीय अटलसिंह राई रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँस काटने क्रममा कान्लाबाट अन्दाजी १० फिट तल खसेर लड्दा राईको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, पुस १२, ११:२९