काठमाडौंः निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो ।

उनले भने, ‘घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी ? श्रीमतीले खाटबाट खसालेकोमा मलाई केही गुनासो छैन, मोबाइलमा भिडियो खिचेर देखाएकी थिइन्, त्यो सुन्दा त म आफैँ पनि तर्सें !’

यो समस्या कार्कीको मात्र होइन, घरघरकै समस्या हो । मोटोपन भएका मानिसले घुर्नु त सामान्य हो भन्ने गर्छन् । अन्य मानिसले पनि घुरेकै कारण कतिपय परिवारमा समस्या आउने गरेको छ । धेरैलाई घुर्ने समस्या रोग हो भन्ने जानकारी पनि नभएको पाइएको छ ।


। कार्कीले उपचारका लागि कुनै पनि चिकित्सककहाँ नगएको र यो रोग हो भनेर आफूलाई जानकारी नभएको बताए ।

यस्तै स्नातक दोस्रो वर्षमा अध्ययनरत नविता थापा साथीहरुसँग शैक्षिक भ्रमणमा धादिङ जाँदा बल्ल थाहा भयो, ‘उनले घुरेका कारण साथीहरुको निद्रा गायब नै भयो भन्ने ।’ साथीहरुसँग एउटै कोठामा सुत्नु परेको थियो, उनी घुरेकै कारण साथीहरु सुत्न नै सकेनछन् । यो समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः मंगलबार, असोज १४, ०७:२६