इटहरीः सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस रकम लिदालिदैं उनलाई आयोगका टोलीले नियन्त्रणमा लिएको इटहरीस्थित आयोग कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।

आवश्यक सोधपुछ एवं थप अनुसन्धानका लागि उनलाई इटहरीस्थित आयोगको कार्यालयमा ल्याउने तयारी भईरहेको पनि जनाइएको छ ।