गाईघाटः लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै आज साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ ।

ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरीले बताएको छ। साथै अन्य दुई पनि  घाइते भएको जनाइएको छ ।

अहिले घटनास्थलमा प्रहरी र एम्बुलेन्ससहितको टोली घटनास्थलतर्फ पुगेको छ ।