काठमाडौंः कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध अहिलेसम्म मुख्यमुख्य सडकहरुमा मात्रै डिस्इन्फेक्सन (महामारी न्युनीकरणविरुद्ध औषधि छर्ने) काम भएकोमा अब यस्तो औषधि छर्ने काम भएको गल्लीगल्ली अनि घरघरको कम्पाण्डमा पनि हुन थालेका छन् ।

आइतबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा डिस्इन्फेक्सनको काम भएको छ । चन्द्रागिरी नगरपालिका–१५ का वडाअध्यक्ष उतमबहादुर राउतको अगुवाईमा १५ जना स्वयमसेवकहरुको समूहले डिस्इन्फेक्सन गरेका हुन् ।

वडाअध्यक्ष राउत नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनायण भक्तपुरका पूर्व विद्यार्थी हुन । अध्ययन सम्पन्न गरेका इन्जिनियर (आर्किटेक्ट) वडाअध्यक्ष राउतले सुरक्षाको प्रबन्ध मिलाई काम गरेको बताए् ।


। प्रत्येकले पीपीई लगाई वडाबासीको सुरक्षाका लागि यस्तो काम गरेको उनले जनाए ।

वडाबासीलाई विश्वव्यापी संकटको रुपमा आइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन सहज होस् भनी यस्तो काम गरेको उनले जनाए । यसले वडाबासीहरुमा रोगविरुद्ध लड्न शक्ति (इमयुनिटी पावर) पनि वढ्ने विश्वासले यस्तो काम गरेको उनले जनाए ।

निलो टोपी र खैरो मास्कले अनुहार पूरै छोपी उनीहरुले डिस्इन्फेक्सन गरेका थिए ।


प्रकाशित मितिः सोमबार, वैशाख ८, ०९:२३