लम्तरी डाडाँ स्कुलको अगाडि प्रोग्राम चलिरहेको छ । म चुनाबी कार्यक्रमको प्रचारमा छु । डिठ्ठा साबको सानो साउती बुझेर म पारिको घर मा जान्छु । पाली हालेको घर राम्रै थ्यो । बुढाले कुनामा बोलाएर भने बाबू यो तालाले चुनाब हारिन्छ है। मैले कसरी भने रु मलाइ चिन्ता थियो ।

बुढाले सब बेलि बिस्तार लगाए । गाउँको अन्तर्कलह देखि बिपक्षी गतिबिधी सम्म । म अवाक् भएर निस्के माथितिर । भित्तामा हेरेँ एउटा काग्रेंसको पोस्टर गोबरले टाँसेको थियो । मैले केही नबोली बसे बुढाले एकोहोरो भनिरहे । म सुनी रहेँ । मनले के के हो के के मागेको थियो तर म बोल्नै पर्ने थियो प्रोग्राममा । चुनाबमा राम्ररी नजिकिन सक्ने हो भने राम्रै प्रभाव पर्छ राजनीतिमा भन्ने मलाई थाहा थियो ।


। नजिकिन मन थियो तर समय थिएन लागियो रुद्रवेनी तिर । बिरु दाइ, भोजराज दाइ, कृष्ण, सुदन, अरुण, रामु सबैसित बिदा भएर निस्के । प्रकाशले खैरेनी कुरेको छ लुम्पेक जाने भनेर ।

सबै पुर्ण छु । तैपनि मन बेचैनी भएको छ । घरको जेठो छोरो भएकोले केही तनाव पनि थियो । सुन्दर जीवनको परिकल्पनासँगै म बडिगाढ खोलाको तिरमा घेरिएको ऐतिहासिक गाउँमा आयामको खोजीमा थिएँ । पाँचवटा कल्पनाका सुन्दर पुष्पहरु कोपिलामै बोटमा सुकेका थिए । आशाका किरणहरु अस्ताइसकेको थिए । लेनोभो भाइभ सट मोबाइल हातमा खेलाइरहेको छु । आज जुनशीत बोलिरहेको छु । बिस्तारै उसित कुराहरु गहिरिएका छन्,  भन्छे केटाकेटी पारामा दाइ भन्छु है  । चुनाब सकेको भोलिपल्टै म काठमाडौं आउन भनेर हिडे । चुनाब जितिन्छ कि हारिन्छ भन्ने कौतुहुलता छदै थियो ।

आजको सहयात्रा दुबैको पहिलो पतक थियो उसको र मेरो सवालमा । अनायास तिहारपछि १ घन्टा जति हामी सहयात्रा गरेका थियौं। सहयात्राको चाहना राख्ने म र मेरो प्रस्तावना अस्वीकृत गरिन उसले । सोच्छु बहकिन्छु त्यसको पारा देख्दा । किन एकोहोरिएकी छ यसरी म अनभिज्ञ छु । उसको सम्मोहन देख्दा म रनभुल छु । आजकल जुनेलीको साँच्ची माया लाग्न थालेको छ । तर कारण आफैलाई थाहा छैन । उसलाई आफ्नो बनाउन होइन राम्रो बनाउन मन छ । त्यससित कुनै भोक छैन मेरो । मलाई लाग्छ मसँग जोडिन आएका सबै सम्बन्धहरु जीवन्त बनून् । मेरो सामिप्यताले त्यसलाई बरु छहारी मिलोस् कहिल्यै ताप नमिलोस् । त्यसलाइ आज किन किन सम्झाउन मन लागेको छ आज कल्पनाको तन्द्राबाट बिउँझेर चिठी लेख्न खोज्छु । बल्ल तल्ल कापी भेटाउछु तर कलम भेटिन्न । सिरानी मुनिका कलम सकिएछन् सायद । खाटमुनी खसेको कलम उठाएर लेख्न सुरु गरेँ ।

प्रिय जुनेली… अर्को शब्द लेख्न खोज्छु मन बहेर उसको खुसिका निम्ति पशुपति भाकेको सम्म पुग्यो तर कापी भने उहीँ सादा नै थियो । मन कल्पनामा बग्दा सारथी बन्न नसक्ने कलम देख्दा रिस उठेर आउँछ । कापी सिरानी मुनि च्यापेर सुत्छु । फेरि मनमा पुनः जुनेली आउँछे । काली काली शरीर भएकी पिंक कलरको कुर्ता लगाकी केटि बारम्बार मानसपटलमा आएर अड्डा जमाउन खोज्छे । मेरो भित्री चाहना चाहिँ गुमाउने छैन । माया भन्ने चिज पाउनु मात्र हैन गुमाउनु पनि हो ।

जुनेली न मबाट गुम्छे न अनुभूति दिन्छे । ऊ यहि अवस्थामा रहिरहोस् । मैले उसलाई सधै सम्मान गर्न सँकु र पाऊँ । ऊ कसैकी बनिसकि । म कसैको भईसकेको छु । बाटो फरक फरक छ तर पनि उसको त्यो प्रेमले म घायल भएको छु । हामी दुइको स्वर्णिम १२ घन्टे तपस्यापछि उसले हास्दै भनी आज तिमी मेरो जीवनमा ग्रहण बन्यौ दाग लगाएरै छोड्यौ । उता चन्द्र दाइलाइ नि ग्रहण लाग्यो । उसको यो कुराले मलाइ साच्चै सोच्न बाध्य बनायो । कि साच्चै जुनलाइ ग्रहण लागेकै हो त ?