त्रैलोक्य प्रताप सेन

कुनैबेला भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष कामराज हुँदा त्यो पार्टि मृतस्प्राय अबस्थामा पुगे जस्तै हाम्रो नेपाली कांग्रेस को पनि त्यस्तै नियति त हुन लागेन भन्ने अनुभूतिले चारतारे झण्डा र रुखमुनि बसेका कांग्रेसहरु एवं शुभचिन्तकहरु चिन्ताको चरम विन्दुमा छन्। किनकि अहिले कांग्रेस चरम गुटबन्दिको सिकार भएको छ।


। कुनै गुटमा सामेल हुन नचहाने शुद्ध कांग्रेसको अस्तित्व मटियामेट जस्तै छ। यस्तो देखिएको छ संस्थापनको नाममा गुटबन्दी मौलायो। त्यस्को प्रतिवादको नाममा अन्य गुट उपगुट जन्मिए।

अहिले एक अर्काको काउन्टर ऐट्याक गर्न सारा शक्ति मोर्चाबन्द गर्दै गरेको अवस्था देखिन्छ। यस्तोमा कसरी कांग्रेसको सुदुर सुन्दर र बलियो भविस्यबारे एकिकृत निकास निस्केला ?
त्यसैले यो सबैको निकास दिने जिम्मा सभापतिज्यू मा नै छ । सभापतिज्यू घुम्ने मेच माथिको अन्धो मान्छे नबनिदिनुहोस। तपार्इलाई धृतराष्ट्रको जस्तो पुत्रमोहको त जरुरि छैन। अब तपाई कोटरिबाट मुक्त हुनै पर्छ र नयाँ निकाश दिनु पर्छ।

त्यो निष्कर्ष हो ,आफैले तत्काल महासमितिको बैठकको मिति तोक्ने एजेण्डा अघि सार्नुहोस्। मुलुकको नया संबिधान अनुकुल पार्टि संचालनका लागि हाम्रो पार्टिको नयां बिधान बन्नु अनिवार्य छ।

महासमितिलाई कुनै दंगलको अखाडा नसंझियोस्। सबै निकास यसरी आउला ? हुनत महाधिबेशन कै आह्वान भएपनि अझै ठिक हो। तैपनि तेस्लाई पदको अपहरण संग जोडियला र रडाको होला। त्यसलाई आफ्नो समयभित्रै गरौँ ।

अन्त्यमा, यसपटक केन्द्रिय समितिमा रहेका सबैको भुमिका नियालेर हेरिदै छ है साथीहरु।
जय नेपाल।